यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले
हाल गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू(भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
गण्डकी प्रदेशको धेरै स्थानहरूमा, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागको केहि स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति कोशी, मधेस र गण्डकी प्रदेशको केहि स्थानहरूमा तथा बाँकी थोरै स्थानहरूमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुपारीबाट २५ अर्ब बराबरको राजश्व संकलन हुन्छः मन्त्री भण्डारी
-
नेहाल र शशांकको शानदार ब्याटिङ, राजस्थानसामु २२० रनको लक्ष्य
-
हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा
-
दुर्व्यसनीविरुद्ध प्रीति आलेले ल्याइन् ‘चाहिँदैन भो’
-
बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड
-
बिपी राजमार्ग (फोटो फिचर)