हिमालपारिको गाउँ लिमीमा फोर जी सेवा
हुम्ला । हुम्लाको हिमालपारिको गाउँ लिमीमा नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आएको छ । योसँगै उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको तिल, जाङ र हल्जिका बासिन्दा इन्टरनेट सेवाको पहुँचमा पुगेका छन् ।
तीन वर्षको प्रयासपछि इन्टरनेट सेवा सञ्चालनमा आएसँगै लिमीका बासिन्दालाई सञ्चार सम्पर्क गर्न सहज भएको हो । फोर जी सेवा सुरु भएसँगै देश–विदेशमा रहेकाहरुसित सञ्चार सम्पर्क गर्न सहज भएको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए । चार हजार छ सय मिटर अग्लो स्थानमा फोर जी सेवाको टावर स्थापना गरिएको छ । लिमीका तीनै गाउँ तिल, हल्जि र जाङ इन्टरनेटको पहुँचमा जोडिएका छन् ।
लिमीको हल्जिगाउँमा यसअघि वल्र्डलिङ्कको इन्टरनेट सेवा सञ्चालनमा थियो । उक्त सेवा सुस्त भएका कारण फोर जी सेवाका लागि पहल गरिएको वडाध्यक्ष तामाङले बताए । फोर जी टावर स्थापना गरिएको स्थानमा सोलार पनि जडान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण