वन पैदावारको व्यवस्थित उपयोग गर्न प्रभावकारी नीति बनाउन सरकारलाई निर्देशन
शुक्रबार, ०१ भदौ २०८०, १८ : १२
काठमाडौँ । राष्ट्रियसभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिले वन पैदावारको व्यवस्थित उपयोगमा प्रभावकारी नीति बनाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको शुक्रबार बसेको बैठकले वन पैदावारको व्यवस्थित उपयोगका लागि भएका कानूनहरुलाई समसामयिक बनाउन निर्देशन दिएको हो । समिति सभापति प्रकाश पन्थले जैविक विविधताको संरक्षण गर्दै वन पैदावारको व्यवस्थित उपयोगका लागि प्रभावकारी नीतिहरु बनाउन र कानूनहरु समसामयिक बनाउनुपर्ने सुझाव दिएको बताए । उनले जलवायु परिवर्तन र यसले पु¥याएको असर तथा प्रभाव कम गर्न आवश्यक नीति नियम तर्जुमा गर्न पनि सरकारलाई सुझाव दिए ।
सभापति पन्थले विश्व जलवायु सम्मेलनमा नेपालले प्रभावकारी तवरबाट सहभागी हुनेगरी मुद्दाहरु विश्वसामु उठाउन र आपसी सहयोग गरी तयारी गर्न वन मन्त्रालयलार्ई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण