आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली जन प्रगतिशील मञ्च अमेरिकाको अध्यक्षमा पौडेल चयन

सरकारले भ्रष्टाचारको फाइल खोल्न थालेपछि विपक्षी आत्तिएका छन्ः शर्मा
आइतबार, ०३ भदौ २०८०, १४ : २४
आइतबार, ०३ भदौ २०८०

अमेरिका । नेपाली जन प्रगतिशील मञ्च अमेरिकाको राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । आइतबार अमेरिकाको टेक्सस राज्यको राजधानी अष्टिनमा सम्पन्न भएको महाधिवेशनबाट काशीनाथ पौडेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको छ । 

महाधिवेशन आयोजक समितका संयोजक तिलक केसीको सभापतित्वमा सम्पन्न महाधिवेशनबाट उपाध्यक्षमा शिवलाल पुरी, महासचिवमा निर्मल पाण्डे, सचिवमा प्रदीप चौलागाइँ र कोषाध्यक्षमा विमल पछाइँ सर्वसम्मत चयन भएका छन् । 

यस्तै  सदस्यहरु राजु गुरुङ, पीयूष घिमिरे, देव शर्मा, इबोन राई, विनोद कुइँकेल, विष्णु कार्की, पवन ओली, सुरेश केसीलगायत .चयन भएका छन् ।  १७ सदस्यीय कमिटीमा ५ जना पदाधिकारी र बाँकी सदस्य चयन भएको बताइएको छ । 

माओवादी केन्द्रको प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले उद्घाटन गरेको कार्यक्रम मधु सागर पौडेल सञ्चालन गरेका थिए ।  

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले सरकारले भ्रष्टाचारका ठुला ठुला फाइलहरू खोल्न सुरु गरेको भन्दै सुशासन कायम गर्ने सन्दर्भमा दोषी देखिए सरकारले आफ्नै पार्टीका नेताहरूलाई पनि नछाड्ने बताए । 

तर, भ्रष्टाचारका फाइल खोल्नेवित्तिकै विपक्षीहरू आत्तिन थालेको भन्दै उनले सोही कारण निरन्तर संसद् अवरोध गर्न थालिएको बताए ।  ‘सरकारले भ्रष्टाचारका फाइल खोल्दा विपक्षीहरू आत्तिन थालेका छन्’, उनले भने, ‘सरकार भ्रष्टाचार निर्मूल बनाउन लागिपरेको छ ।  हाम्रा पनि कोही दोषी छन् भने सरकारले कारबाही गर्छ, कसैलाई बाँकी राख्दैन ।’ 

369272469_866699871525904_3461674973767804473_n

शर्माले विपक्षीहरू माओवादीको लोकप्रियताबाट आत्तिएपनि भ्रष्टाचार विरोधी अभियन्ता र बुद्धिजीवीहरूले सरकारले गरेको राम्रो कामको प्रशंसा गरिरहेको बताए ।  

उनले पार्टीको केन्द्रीय समिति बैठकको निर्णयअनुसार तीन महिने अभियान सुरु गर्न लागिएको भन्दै यसलाई सफल बनाउन नेपाली जन प्रगतिशील मञ्चको सहयोग जरुरी रहेको बताए । 

 तीन महिने अभियानमा परिवर्तनको आन्दोलनमाथि आस्था राख्ने विश्वभरका नेपालीलाई समेटिने शर्माले बताए । 

यसैगरी समन्वय समितिका सचिव टिबी पाठकले अमेरिकाको राष्ट्रिय अधिवेशनले देश र प्रवासलाई एकताको सन्देश दिएको धारणा राखे । 

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रवास समन्वय समितिका सदस्य नारायण कँडेलले संगठनमा कसैलाई पनि अन्याय नहुने बताए । ‘हामी भावनामा एकीकृत भएका छौँ र सङ्गठनलाई एकीकृत बनाइन्छ’, उनले भने । 

यसैगरी समितिका अमेरिका सचिव प्रवास समन्वय समितिका सदस्य प्रकाश अधिकारीले पनि सबै जना एकताबद्ध भएर अघि बढ्दै परिवर्तनको आन्दोलनलाई उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिए । सो क्रममा उनले सम्मेलनको सफलताको शुभकामना समेत दिएका थिए । 

369165977_3672792106273438_2532584355834873889_n

सो क्रममा नवनिर्वाचित कमिटीलाई अध्यक्ष शर्माले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए भने सचिव टिबी पाठकले नयाँ कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ दिलाएका थिए । यस्तै उनले नेपाल र अमेरिकामा रहेका नेपालीको हितमा काम गर्न पनि नवनिर्वाचित कार्यसमितिलाई निर्देशन दिए । 

यसैबीच नवनिर्वाचित अध्यक्ष पौडेलले समितिलाई गति दिने प्रतिबद्धता जनाए भने पूर्व राष्ट्रिय कमिटीका सदस्य बाबुराम सापकोटाले कार्यक्रम भव्यताका साथ सम्पन्न भएकामा सबैलाई बधाई तथा धन्यवाद ज्ञापन गरे ।  

कार्यक्रममा विनोद कुइँकेलका साथै भरत ढकाल, किसान रेग्मीलगायतले महाधिवेशन सफलताको शुभकामना मन्तव्य दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप