अध्यक्ष नेपालले भने–एकीकृत समाजवादी भ्रष्टाचारको विरुद्धमा छ
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टी भ्रष्टाचारको विरुद्धमा रहेको बताएका छन् । आइतबार बसेको पोलिटब्युरो बैठकमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले चालेको कामलाई निरन्तरता दिनुपर्ने बताए ।
अध्यक्ष नेपालको भनाइलाई उद्धृत गर्दै बैठकपछि उपमहासचिव जगन्नाथ खतिवडाले भने, 'हाम्रो पार्टी सधैँ सबै प्रकारका भ्रष्टाचारको विरुद्धमा छ । आज भ्रष्टाचारको विरुद्धमा भ्रष्टाचारलाई कारबाही गर्नको लागि सरकारले जे काम गरेको छ, यो कामलाई निरन्तरता दिन सही ढंगले सत्यतथ्य छानबिन हुनुपर्छ । निर्दोष कोही नफसोस् दोषी कोही नपरोस् भन्ने भावनाले काम गर्न आह्वान गर्नुभएको छ । '
बैठकमा अध्यक्ष नेपालले एकीकृत समाजवादी कम्युनिष्ट धारभित्रको सबैभन्दा उत्तम विकल्प रहेको बताएका छन् । उनले सबै चुनौतीको सामना गरेर कम्युनिष्ट आन्दोलनको रक्षा गर्नुपर्ने बर्ता ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण