सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु
सोमबार, ०४ भदौ २०८०, १९ : २८
सल्यान । सल्यानमा फोर्स गाडी दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सल्यान दार्मा गाउँपालिका-२ का ३६ वर्षीय खुम बहादुर खत्री भन्ने ओम्पत खत्री र रुकुम पश्चिम सानोभेरी गाउँपालिका-११ का ६० वर्षीय कमारो कामी रहेका छन् ।
दुवै जनाको दाङ तुल्सिपुरस्थित राप्ति प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
यस्तै तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ।
रुकुम पश्चिमको नुवाकोटबाट दाङतर्फ जाँदै गरेको लु२ख ५७३१ नम्बरको फोर्स गाडी सोमबार दिउँसो राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका-३ आगरखोलामा दुर्घटना भएको थियो ।
गाडी सडकबाट दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । बाँकी घाइते १३ जनाको राप्ति प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण