बागमतीमा माओवादीको कार्यविभाजन : प्रधानमन्त्रीको सल्लाहकारलाई नगरपालिका हेर्ने जिम्मा (सूचीसहित)
काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेशले केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्यहरूको जिम्मेवारी टुङ्ग्याएको छ ।
भदौ १ गते बसेको बैठकले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानका लागि नेताहरूको जिम्मेवारी टुङ्ग्याएको हो । जसमा बागमतीको मुख्यमन्त्रीसमेत रहेका शालिकराम जम्कट्टेललाई १३ वटा जिल्लाको मुख्य कार्यक्रमहरूमा सहभागी हुने जिम्मा दिएको छ ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहेका उपमहासचिव हरिबोल गजुरेलले सिन्धुलीको कमलामाई नगरपालिका हेर्ने जिम्मा पाएका छन् । पूर्वसभामुख ओनसरी घर्तीले ललितपुरको कोन्जोसोम गाउँपालिकाको जिम्मा पाएकी छन् ।
बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल ललितपुर महानगरपालिका, लेखनाथ न्यौपाने काठमाडौँ ३१ वडा, राष्ट्रियसभाका पूर्वसदस्य रामनारायण बिडारी ललितपुरको महालक्ष्मी नगरपालिका, बागमतीका पूर्वसभामुख राधिका तामाङलाई काठमाडौँ १४ नम्बर वडामा खटाइएको छ ।
त्यस्तै अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहलाई काठमाडौँ २८ र २९ वडा, वाइसीएलको फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई भक्तपुर, मध्यपुर नगरपालिका, रेणु दाहाललाई भरतपुर महानगरपालिका, हिमाल शर्मालाई सिन्धुपाल्चोकको चौतारा साँगाचोक नगरपालिकाको जिम्मा दिइएको छ ।
प्रधानमन्त्रीका सचिवालयमा रहेका गंगा दाहाल र सन्तु दराईलाई प्रधानमन्त्री कार्यालयको जिम्मा दिइएको छ ।
क–कसलाई कहाँको जिम्मेवारी दिइयो ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
-
निजी अस्पताल र क्लिनिकहरूमा स्तनपान कक्ष अनिवार्य स्थापना गर्न निर्देशन
-
संविधान आएको एक दशक बित्यो तर आएन स्थानीय अदालत
-
राहदानी खरिद प्रकरणमा जर्मनीको स्पष्टीकरण : कुनै विरोध पत्र वा चेतावनी दिइएको छैन
-
लायन्स क्लब डिस्ट्रिक्ट ३२५ केद्वारा रानीबन क्षेत्रमा सरसफाइ
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण