सरकारले नै सुनको धन्दा गर्छ भन्ने प्रस्ट भयो : शङ्कर पोखरेल
सुर्खेत। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सुनको धन्दा सरकारले नै गर्छ भन्ने कुरा प्रस्ट भएको बताएका छन् । आज बिहान वीरेन्द्रनगरमा पत्रकारसँग 'कफी र कुरा'अन्तरक्रिया कार्यक्रममा सरकारकै डिजाइनमा सुनको धन्दा चलेको आरोप लगाए ।
उनले भने अहिलेको सरकारले जे गरिरहेको छ यसरी देश चल्छ ? ललिता निवासको अनुसन्धान हेर्दा यसलाई कसरी सुशासनका लागेको सरकार भन्ने ? यी सबै काम सरकारकै डिजाइनमा भएकोले एमालेले संसद् अवरुद्ध गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरण पनि सरकारको चाहनाले भन्दा पनि अमेरिकन दबाबले अघि बढेको पोखरेलले बताए । यस प्रकरणमा पनि निष्पक्ष छानबिन हुन नसकेको उनको आरोप छ ।
ललिता निवास प्रकरणको घरमा मुछिएकाहरूलाई घर घरमा गएर अनुसन्धान तथा बयान लिएकोमा पनि उनले सीआइबीको आलोचना गरे । सरकारले सुशासनको गफ हाँके पनि निष्पक्ष रूपमा काम गर्न नसकेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धान प्रतिवेदन माग्दै पूर्वमन्त्री गुरुङले आयोगमा दिए निवेदन
-
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, सावधानी अपनाउन आग्रह
-
बेन स्टोक्सद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा
-
सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
-
अपडेट : भैरहवाबाट अर्को जहाजमा यात्रुहरूलाई धनगढी पुर्याइयो
-
चिनियाँ विमान खरिद प्रकरणः राज्यलाई अर्बौँ क्षति पुर्याउने मुद्दा सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण