कांग्रेस सभापति देउवाद्वारा भारतलाई बधाई
बुधबार, ०६ भदौ २०८०, २१ : ४२
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चन्द्रयान–३ चन्द्रमामा अवतरण गर्न सफल भएको अवसरमा भारतलाई बधाई दिएका छन् । बुधबार साँझ सभापति देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका हुन् ।
भारतले चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएलगत्तै पूर्वप्रधानमन्त्री सभापति देउवाले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ ।
सभापति देउवाले भनेका छन्– “चन्द्रयान–३ को सफल अवतरणका लागि प्रधानमन्त्री मोदी र भारतका जनतालाई बधाई ! अन्तरिक्ष क्षेत्रमा भारतले गरेको यो उल्लेखनीय प्रगति हो । हामी इसोराका वैज्ञानिकको उत्कृष्ट कामको प्रशंसा गर्दछौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण