मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कतारमा किरात लिपीबारे प्रशिक्षण कार्यक्रम सम्पन्न

आइतबार, १० भदौ २०८०, ०९ : ५५
आइतबार, १० भदौ २०८०

दोहा । कतारमा कार्यरत रहेका किरातीहरुलाई मध्यनजर गर्दै किरात राई यायोक्खा शाखा कतारले किरात लिपी प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

कतारको रेड चिल्ली रेस्टुरेन्टको सभाहलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा किरात सिरिजङ्गा लिपिमा आफ्नो मौलिक लिपि सिक्न प्रशिक्षार्थी भएर सहभागी भई व्यवहारिक रूपमा आफ्नो भाषा लिपी प्रयोग गर्नुपर्नेमा जोड दिइएको किरात राई यायोक्खा शाखा कतारका सल्लाहकार जैबी राई चाम्लिङले जानकारी दिएका हुन् ।

प्रशिक्षणले आफ्नै भाषा लिपि संस्कार संस्कृति मौलिक भेषभुषाको किरात राईहरूले निरन्तर संरक्षण गर्न उत्प्रेरित गर्ने अपेक्षा गरिएको सल्लाहकार चाम्लिङले बताए । प्रशिक्षण एवं सहजकर्ताको भूमिका निभाउँदै एकराज राईले ऐतिहासिकता, पहिचान र किराती सभ्यताको निरन्तरताको हिसाबले ‘किरात सिरिजंगा लिपि’ को प्रयोग गर्नु उपयुक्त हुने बताए । 

पछिल्लो समय किरात राई यायोक्खा शाखा कतार ‘किरात सिरिजंगा लिपि’लाई साझा लिपिका रूपमा विकास गर्न जुटेको हो । कार्यक्रममा प्रमुख सल्लाहकार विमल राई, संस्थापक सदस्य तथा पूर्वअध्यक्ष अमृतकुमार राई पूर्व अध्यक्ष तथा सल्लाहकार धिरज राई सल्लाहकारहरू देवराज राई , तिर्थसङ्गम राई (रेगिस्थानी कवि) छप्पन राई , ननिन्द्र राई , जैबी राई चाम्लिङ नछुङ धर्मराज राई सिलिमोपा, पदमबहादुर राई लगायतले भाषा र लिपिका बारेमा आ-आफ्नो भनाइ राखेका थिए।

किरात राई यायोक्खा कतार शाखाका अध्यक्ष शंकरमान राईको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रममा ४० भन्दा बढीले प्रशिक्षणमा सहभागी जनाएका थिए । पहिलो चरणको प्रशिक्षण सकिएसँगै आगामी १ सेप्टेम्बर दोस्रो चरणको प्रशिक्षण कार्यक्रम सँगसँगै स्थापना दिवस समेत मनाउँदै कार्यक्रम समापन गरिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप