आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संसदमा छलफल

मङ्गलबार, १२ भदौ २०८०, १४ : ५६
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ ।  केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि संसद्मा सैद्धान्तिक छलफल सुरु भएको छ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गरे । 

 विभिन्न ७९ कानुनलाई संशोधन गर्नेगरी तयार पारिएको यो विधेयक गत वैशाख २६ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । प्रचलित नेपाल ऐनमा समसामयिक सुधार गर्नका लागि सुधार गर्न केही नेपाल ऐनलाई संशोधन गर्न आवश्यक रहेको उल्लेख गर्दै कानुनमन्त्री गुरुङले यो विधेयक संसद्मा दर्ता गराएका थिए ।


उक्त विधेयक माथिको छलफलमा भाग लिनुहुँदै सांसद रमेश लेखकले मुलुकी फौजदारी कार्यविधिसंहिता संशोधनका लागि विधेयकमा राखिएका विषय थयास्थितिमा पारित गर्न नहुने त्यसमा थप छलफल तथा संशोधन गरी विधेयक अघि बढाउनुपर्ने बताए । 

सांसद डा अमरेशकुमार सिंहले केही नेपाल संशोधन ऐनमार्फत् धेरै कानुन संशोधनका लागि ल्याउन नहुने बताए । 

सांसद महेश बर्ताैलाले पनि एकैपटक धेरै विषय एउटै विधेयकमा राखेर संशोधन गर्दा कानुन निर्माणका सबै पक्षमा ध्यान पुग्न नसक्ने भएकाले छुट्टाछट्टै विधेयकका रुपमा ल्याइनुपर्ने बताए । विधेयक पारित गर्दा सांसदहरुको सहभागिताको विषयलाई पनि ख्याल गर्नुपर्ने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप