रास्वपा सभापति लामिछाने र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
शुक्रबार, १५ भदौ २०८०, १८ : ४७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सभापति लामिछाने र राजदूत श्रीवास्तवबीच भेटघाट भएको रास्वपाले जनाएको हो ।
भेटघाटको क्रममा रास्वपाको मुख्य एजेण्डा सुशासन, सामाजिक न्याय र आर्थिक विकास रहेको र नेपालको समृद्धिका लागि नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउनका साथै आपसी चासोका मुद्दाहरूलाई संवादमार्फत् हल गर्दै जानु पर्ने विषय सभापति लामिछानेले राखेको रास्वपाले जनाएको छ।
लामिछाने र श्रीवास्तवबीचको भेटवार्ताकम रास्वपाका महामन्त्री डा। मुकुल ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र सांसद मनिष झालगायत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण