मङ्गलबार, ०१ साउन २०८१
ताजा लोकप्रिय

झलनाथसँग भेटेर प्रभुले राखे गौर घटनाबारे गुनासो

शनिबार, १६ भदौ २०८०, १० : ५०
शनिबार, १६ भदौ २०८०

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग उनको निवासमा भेटवार्ता गरेका छन् । 

शनिबार बिहान भएको भेटवार्तामा देशमो समसामयीक राजनीतिक अवस्था, समाजवादी मोर्चाको कार्यक्रमलगायतको विषयमा छलफल भएको बताइएको छ । 

गौर घटनाको कारवाही प्रकृया सुरु गर्नमा सरकारले गरेको ढिलासुस्तीको बारेमा पनि अध्यक्ष साहले कुरा राखेका थिए । गौर घटना पीडितसँग सरकारले पाँच बुँदे सम्झौता गरे पनि त्यसलाई कार्यान्वयनमा ढिलासुस्ती गरेको बारेमा अध्यक्ष साहले गुनासो गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप