भोलिदेखि इटहरीको मुख्य राजमार्गमा सिटी सफारी चल्न नदिने
इटहरी । इटहरी उपमहानगरपालिकाले आइतबारदेखि मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) चलाउन रोक लगाउने भएको छ । इटहरीमा अत्याधिक सिटी सफारीहरुले दुर्घट्ना निम्त्याएको भन्दै मुख्य हाइवेमा भोलि देखिनै प्रतिवन्ध लगाउने निर्णय भएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । ‘अबदेखि सिटी सफारीहरुले मुख्य सडकमा यात्रुलाई कुरेर बस्न र जथाभावी यात्रु चढाउन तथा ओराल्न भने पाउने छैनन्’ मेयर पौडेलले भने ।
बाटोमा जाम गरेको र दुर्घटना बढाएको भन्दै इटहरीका मुख्य राजमार्गमा सिटी सफारी गुड्न नदिने निर्णय गरिएको हो । इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र सफारी सन्चालकका नेतृत्व बिच सहमति गरेर निर्णय भएको हो ।
शुक्रवार इटहरी उपमहानगरपालिकामा बसेको बैठकले इटहरीको मुख्य चोक र राजमार्ग क्षेत्रमा अन्य सवारीसाधन गुड्न पनि असहज भएकोमा सफारीले थप असहज पारेको भन्दै सफारीलाई मुख्य सडकमा निषेध गरिएको ट्राफिक प्रहरी कार्यालय कोशीका डिएसपी मोहन बिक्रम दाहालले बताए ।
उपमहानगरपालिकाले इटहरीबासीको मात्र सफारी दर्ता प्रक्रिया गर्ने भएको छ । अव्यवस्थित रूपमा रहेको ई–रिक्सा सवारी कार्यविधिअनुसार मात्र ई–रिक्सा दर्ता गरी चलाउन पाइने भएको छ । अब इटहरीमा अन्य पालिकाको सफारीहरु यात्रु पर्खेर बस्न पाउने छैनन् ।
इटहरीमा मुख्य समस्याका रूपमा देखिएको ई–रिक्सा सवारी कार्यविधि बनेसँगै यातायात व्यवस्थापनमा सहजता हुने देखिएको छ । साथै, व्यवस्थित रूपमा लैजानलाई ई–रिक्सा दर्ता प्रक्रियामा नम्बरिङ पनि गर्ने भएको छ । जस्लेगर्दा ई–रिक्सा पहिचान गर्न ट्राफिक व्यवस्थापनमा सहजता हुने भएको छ ।
इटहरी उपमहानगर भित्र दर्ता भएको सफारी मात्र उपमहानगरपालिकामा भित्र चलाउन दिने निर्णय भएको छ । इटहरी भित्र करिव ५ हजार सफारी सन्चालनमा रहेको भए पनि इटहरीमा भने ११ सय सफारी मात्र दर्ता प्रक्रियामा आएको इटहरी उपमहानगरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण