माओवादी जनताको सुख दुःखको साथी बन्नुपर्छ : जनार्दन शर्मा
काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव तथा बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले माओवादी जताको सुखदुःखको साथी बन्न नसके प्राप्त उपलब्धि समाप्त हुने बताएका छन् । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शनिबार चन्द्रागिरि–२ घट्टेडाँडामा भएको उद्घाटन कार्यक्रममा बाेल्दै उनले उक्त कुरा बताएका हुन् ।
शर्माले जनताले चाहेको अधिकार, जनमुखी शासनप्रणाली र भ्रष्टाचारबाट मुक्त समाज निर्णाण गर्न रुपान्तरण अभियान चलाइएको बताए । ‘जनताको सुख दुःखको साथी माओवादी हुन सक्नुपर्छ । यदि त्यो हुन सकेन भने प्राप्त उपलब्धि सकिन्छ’, उनले भने, ‘जनताले चाहेको अधिकार स्थापित गर्न पहिला माओवादी आफैं रुपान्तरण हुनुपर्छ ।’
केन्द्रमा मात्र सुशासनको कुरा उठेको तर प्रदेश र स्थानीय तहमा भ्रष्टाचार व्याप्त रहेको गुनासोप्रति उनले पार्टीको ध्यानाकर्षण भएको समेत बताए । सबै तहमा सुशासन स्थापित गर्न बागमती प्रदेशबाट नै अभियान सुरु गर्ने प्रतिवद्धता समेत शर्माले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण