मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी जनताको सुख दुःखको साथी बन्नुपर्छ : जनार्दन शर्मा

शनिबार, १६ भदौ २०८०, १५ : ०२
शनिबार, १६ भदौ २०८०

काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव तथा बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले माओवादी जताको सुखदुःखको साथी बन्न नसके प्राप्त उपलब्धि समाप्त हुने बताएका छन् । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शनिबार चन्द्रागिरि–२ घट्टेडाँडामा भएको उद्घाटन कार्यक्रममा बाेल्दै उनले उक्त कुरा बताएका हुन् । 

शर्माले जनताले चाहेको अधिकार, जनमुखी शासनप्रणाली र भ्रष्टाचारबाट मुक्त समाज निर्णाण गर्न रुपान्तरण अभियान चलाइएको बताए । ‘जनताको सुख दुःखको साथी माओवादी हुन सक्नुपर्छ । यदि त्यो हुन सकेन भने प्राप्त उपलब्धि सकिन्छ’, उनले भने, ‘जनताले चाहेको अधिकार स्थापित गर्न पहिला माओवादी आफैं रुपान्तरण हुनुपर्छ ।’ 

केन्द्रमा मात्र सुशासनको कुरा उठेको तर प्रदेश र स्थानीय तहमा भ्रष्टाचार व्याप्त रहेको गुनासोप्रति उनले पार्टीको ध्यानाकर्षण भएको समेत बताए ।  सबै तहमा सुशासन स्थापित गर्न बागमती प्रदेशबाट नै अभियान सुरु गर्ने प्रतिवद्धता समेत शर्माले जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप