अस्ट्रेलियामा गर्मी बढेसँगै सावधानी अपनाउन आग्रह
शनिबार, १६ भदौ २०८०, १५ : ५८
सिड्नी । अस्ट्रेलियाको अधिकांश स्थानमा गर्मी बढेको भन्दै सम्भावित विपद्बाट सतर्क रहन चेतावनी जारी गरिएको छ । जङ्गलमा डढेलो लाग्न सक्ने र गर्मी अत्यधिक बढ्न सक्ने भन्दै सबैलाई सतर्क रहन त्यहाँको मौसम विज्ञान ब्युरोले चेतावनी दिएको हो ।
बिहीबार जारी गरिएको पूर्वानुमानमा २०२३ मा अस्ट्रेलियाका अधिकांश स्थानमा वर्षा कम हुने बताइएको छ । त्यस्तै तापक्रम पनि उच्च हुने बताइएको छ । गर्मीका कारण जङ्गलमा डढेलोको सम्भावना उच्च रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ । अधिकांश क्षेत्रमा गत वर्षको तुलनामा कम मात्रै वर्षा हुने र त्यसको असर कृषि उत्पादनमा पनि पर्ने बताइएको छ ।
अहिले अस्ट्रेलियाको तापक्रम १९६१—१९९० को औसतमा भन्दा १.५४ डिग्री सेन्टिग्रेड भन्दा माथि चलिरहेको छ । यो १९९६ पछिकै सबैभन्दा गर्मी भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण