आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जापानी सामग्री प्रतिबन्ध लगाउन माग गर्दै दक्षिण कोरियाली नागरिकको विरोध

आइतबार, १७ भदौ २०८०, १५ : २८
आइतबार, १७ भदौ २०८०

काठमाडौँ । जापानले दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित जल समुन्द्रमा फालेपछि दक्षिण कोरियाली नागरिकले विरोध गरेका छन् ।  

शनिबार उनीहरुले सडकमा भेला भई नारा जुलुस गर्दै जापानको विरोध गरेका हुन् । उनीहरुले विकिरणबाट उत्पन्न पानी समुन्द्रमा फाल्न बन्द गर, सबैले जलबाट उत्पादन हुने सामानमा प्रतिबन्ध लगाउँ लगायतका नारासहित आन्दोलन गरेका थिए । 

उनीहरुले कोरिया सरकारलाई जापान सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गर्न आग्रह गरेका छन् । एक हजार युवाहरुले समुन्द्र निकट क्षेत्रमा गरेको सर्वेक्षणमा ७२.४ प्रतिशत नागरिकले जापान सरकारको विरोध जनाएको बताइएको छ । त्यस्तै ७८.३ प्रतिशत जनताले जापानबाट आयात हुने जलबाट उत्पन्न सामग्रीमा प्रतिबन्ध लगाउन र ६७.४ प्रतिशत दक्षिण कोरियाली नागरिकले उत्पादन बहिष्कार गर्न आग्रह गरेका छन् । 

डेढ घटाको र्‍यालीमा प्रदर्शनकारीहरुले राजधानी सियोलमा राष्ट्रपति कार्यालयसम्म करिब ५ किलोमिटरको यात्रा गरेका थिए । पानी फाल्न सुरु गरेसँगै जापानकै समुन्द्रमा माछा मार्नेहरु, स्थानीय र छिमेकी देशहरुले विरोध जनाएका छन् ।-(सिन्ह्वा/न्युज एजेन्सी नेपाल) 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप