युक्रेनका रक्षामन्त्री बर्खास्त, जेलेन्स्कीले किन लिए यस्तो निर्णय ?
सोमबार, १८ भदौ २०८०, ०८ : ५५
युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभलाई उनको पदबाट बर्खास्त गरिएको छ ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यस्तो घोषणा गरेका हुन् । सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा रुसले आक्रमण गर्नुअघि नै रेज्निकोभले मन्त्रालय सम्हालेका थिए । युक्रेनको राज्य सम्पत्ति कोषका प्रमुख रुस्तम उमरोभलाई नयाँ रक्षामन्त्री बनाइने भएको छ ।
जेलेन्स्कीले यसबारे प्रतिक्रिया दिँदै अब रक्षा मन्त्रालयमा ‘नयाँ दृष्टिकोण’ आवश्यक भएको बताएका छन् । युक्रेनी मिडियाको अनुमान अनुसार रेज्निकोभलाई बेलायतका लागि युक्रेनको राजदूत बनाउन सम्भावना छ ।
रेज्निकोभले हालै वरिष्ठ बेलायती मन्त्रीहरूसँग राम्रो सम्बन्ध विकास गरेका थिए । ५७ वर्ष रेज्निकोभ युक्रेन युद्धपछि विश्व भरी चिनिएका थिए । त्यति बेला उनी युक्रेनको पश्चिमी सहयोगी देशका नेतासँग लगातार छलफल गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण