युक्रेनका रक्षामन्त्री बर्खास्त, जेलेन्स्कीले किन लिए यस्तो निर्णय ?
सोमबार, १८ भदौ २०८०, ०८ : ५५

युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभलाई उनको पदबाट बर्खास्त गरिएको छ ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यस्तो घोषणा गरेका हुन् । सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा रुसले आक्रमण गर्नुअघि नै रेज्निकोभले मन्त्रालय सम्हालेका थिए । युक्रेनको राज्य सम्पत्ति कोषका प्रमुख रुस्तम उमरोभलाई नयाँ रक्षामन्त्री बनाइने भएको छ ।
जेलेन्स्कीले यसबारे प्रतिक्रिया दिँदै अब रक्षा मन्त्रालयमा ‘नयाँ दृष्टिकोण’ आवश्यक भएको बताएका छन् । युक्रेनी मिडियाको अनुमान अनुसार रेज्निकोभलाई बेलायतका लागि युक्रेनको राजदूत बनाउन सम्भावना छ ।
रेज्निकोभले हालै वरिष्ठ बेलायती मन्त्रीहरूसँग राम्रो सम्बन्ध विकास गरेका थिए । ५७ वर्ष रेज्निकोभ युक्रेन युद्धपछि विश्व भरी चिनिएका थिए । त्यति बेला उनी युक्रेनको पश्चिमी सहयोगी देशका नेतासँग लगातार छलफल गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोका छोराको अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’
-
भारत–पाकिस्तान द्वन्द्वबारे साउदी अरेबियामा ट्रम्पले के भने ?
-
न्युजिल्यान्डका माइक हेसन पाकिस्तानी क्रिकेट टोलीको नयाँ प्रमुख प्रशिक्षक
-
नेतृत्व विकासबारे समाजवादी ट्रेड युनियनका पदाधिकारीलाई तालिम
-
दुग्ध पाउडर प्लान्ट निर्माण भएको २ वर्षसम्म पनि सञ्चालन मोडालिटी टुङ्गिन सकेन
-
युद्धविरामपछि भारत र पाकिस्तानले एकअर्काविरुद्ध चाले यस्तो कदम