समाजवादी मोर्चाको रोकिएको सुदूरपश्चिमसभा अझै अनिश्चित
काठमाडौँ । समाजवादी मोर्चाको स्थगित भएको सुदूरपश्चिम प्रदेश सन्देश सभा अनिश्चित भएको छ । पूर्वनिर्धारित समयअनुसार मोर्चाले भदौ १३ गते सुदूरपश्चिमको धनगढीमा सभा गर्ने निर्णय गरेको थियो । तर अमेरिकी साहयता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन सम्बन्धमा विवाद मोर्चा आबद्ध दलहरूबीच विवाद देखिएपछि स्थगित भएको थियो ।
एमसीसी कार्यान्वयनविरूद्ध सडक संघर्ष गरिरहेको विप्लव नेतृत्वको नेकपाले कम्तिमा १२ बुँदे व्याख्यात्मक घोषणा कार्यान्वन सम्बन्धमा थप संघर्षका कार्यक्रम घोषणा गरेको छ । माओवादी केन्द्र विशेष रूपान्तरण अभियानमा व्यस्त छ । एकीकृत समाजवादीका नेताहरू महाधिवेशन तयारी सम्बन्धमा व्यस्त छन् । जनता समाजवादीका अध्यक्ष भारतबाट फकिएका छैनन् । स्थगितसभा गर्नेबारे समय तालिका निश्चित नभएको नेकपाका नेता अनिल शर्मा विरहीले जानकारी दिए । कोशी र बागमतीको सभा सकिएपछि मात्र छलफल हुने उनले बताए ।
‘स्थगित सुदूरपश्चिम सभा फेरि गर्नका लागि कुनै समय तालिका निश्चित भएको छैन । बाँकी प्रदेशको सभा सकिएपछि दलहरू बसेर निर्णय हुन्छ’, उनले भने । भदौ ८ गते मधेश प्रदेशको वीरगन्जबाट सुरु भएको मोर्चाको प्रदेशस्तरीय सभा गण्डकी,लुम्बिनी,कर्णालीमा सकिसकेको छ । मोर्चाको २३ गते बागमतीको हेटौँडा, २५ गते कोशीको विराटनगरमा सभा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण