डेलिभरीका दौरान महिलाको पेटमा सर्जिकल उपकरण छुट्यो, १८ महिनापछि मात्र पत्ता लाग्यो
अकल्याण्ड । न्युजिल्याण्डको अकल्याण्ड सहरमा लगभग १८ महिना अघि शिशुलाई जन्म दिएकी एक महिनाको पेटबाट सर्जिकल उपकरण निकालिएको छ । ती महिलाले सिजेरियन अपरेसनको माध्यमबाट आफ्नो बच्चा जन्म दिएकी थिइन् ।
तर, अपरेसनका दौरान एउटा ‘डिनेर प्लेट’ जस्तो ठुलो सर्जिकल उपकरण पेटमा नै छुटेको थियो । महिलाले यसबीचमा ठुलो पीडा सहनुपरेको थियो । महिलाले कयौँ डाक्टरहरुमा नपुगेकी होइनन्, तर १८ महिनासम्म कसैले यसबारे पत्ता नै लगाउन सकेनन् । अन्त्यमा सिटी स्क्यान गरेपछि मात्र उनको पेटमा सर्जिकल उपकरण छुटेको पत्ता लागेको थियो ।
स्वास्थ्य नियामकहरूले सरकारी अस्पतालले बिरामीको देशभाल गर्न असफल भएको बताएको छ । सुरुवातमा अकल्याण्डको हेल्थ डिस्ट्रिक्ट बोर्डले भने यसको खण्डन गरेको थियो । तर, न्युजिल्याण्डको हेल्थ एन्ड डिसेबिलिटीले सोमबार आफ्नो जाँच रिपोर्टमा यसबारे असहमति जनाएको थियो ।
हेल्थ कमिस्नर मोराग म्याकडवेलले भने, ‘यो स्पष्ट छ कि महिलालाई तय गरिएको मापदण्डअनुसार खराब सेवा मिल्यो किनभने अपरेसनपछि नियमित जाँचमा पनि उनको पेटमा उपकरण छुटेको पत्ता लगाउन सकिएन । कर्मचारीसँग पनि उपकरण महिलाको पेटमा कसरी छुट्यो र टाँका लगाउन अघि यसलाई किन निकालिएन भन्ने कुनै स्पष्टीकरण छैन ।’
उनका अनुसार अकल्याण्डको अस्पतालमा बिरामीको शरीरमा कुनै उपकरण छुटेको पछिल्लो दुई वर्षमा यो दोस्रो पटक हो । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण