दु:खद खबर
काठमाडौं महानगर- १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन
बिहीबार, २१ भदौ २०८०, ०८ : २८
१
काठमाडौं । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको निधन भएको नेपाली कांग्रेसका नेता सुशील भट्टले बताए ।
अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका रिजालको दुवै फोक्सोमा सिभियल निमोनिया (भाइरल निमोनिया) भएका कारण आज बिहान ७ः३० बजे निधन भएको अस्पतालका निर्देशक डा. विनोद विजुक्छेकाे भनाइ छ ।
रिजाल गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको १६ नम्बर वडाध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । रिजाल कांग्रेस काठमाडौं- ७ का क्षेत्रीय सभापति समेत हुन् ।
वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा रहेका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका एक सदस्यले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण