बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

इस्तानाबुलमा भीषण वर्षापछि बाढी : २ जनाको मृत्यु, १२ घाइते

बिहीबार, २१ भदौ २०८०, १२ : ४०
बिहीबार, २१ भदौ २०८०

टर्की । टर्कीको ठूलो शहर इस्तानाबुलमा भीषण वर्षाका कारण दुई जनाका मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।  बुधवार शहरको उत्तरी क्षेत्रमा राति करिव ९ बजेबाट मुसलधारे पानी परेको थियो ।

सरकारी कार्यालयले बासाकसेहिर जिल्लामा एक गिनी नागरिकको मृत्यु भएको बताएको हो । कुकुकेकमेसे जिल्लामा एक टर्की नागरिकको मृत्यु भएको बताइएको छ । अन्य १२ जना घाइतेहरुको भने अस्पतालमा उपचार भइरहेको छ । 

बाढीका कारण हजारौँ घर र पसल बगाएको छ । केही मानिस बेपत्ता भएको बताइएको छ । प्रभावित स्थानीयहरुलाई सरकारी आवासमा राखिएको छ । उत्तरपश्चिमी टर्कीमा मंगलवार बिहानदेखि नै भारती वर्षा भइरहेको छ । किर्कलारेली प्रान्तमा आएको बाढीमा मृत्यु हुनेको संख्या भने तीन पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप