शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
फोटोफिचर

विराटनगरमा राधाकृष्ण रथयात्रा, तस्बिरमा हेर्नुहोस्

बिहीबार, २१ भदौ २०८०, १७ : ४७
बिहीबार, २१ भदौ २०८०

विराटनगर । विराटनगरमा आज आयोजित राधाकृष्ण रथयात्रामा हजारौं सहभागी भएका छन् । ५५ वर्षयता विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकालिने गरिएको छ । विराटनगरको राधाकृष्ण मन्दिर तिनपैनीबाट दिउँसो साढे ३ बजेदेखि सुरु भएको रथयात्रा ट्राफिक चोक–रोडशेष चोक–बसपार्क–महेन्द्र चोक–भृकुटी चोक– बरगाछी चोक, दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिरमै आएर समापन हुनेछ ।

rathyatra (1)

वि.स.१९८८ मा खटयात्राबाट सुरु भएर २०२४ सालदेखि रथयात्रामा परिणत भएको यो धार्मिक उत्सवमा यसपटक नेपाल र भारतबाट श्रद्धालुहरुसहित विभिन्न नगरका मेयरहरु पनि सहभागी छन् । आकर्षक रुपमा सजिएको रथमा राधाकृष्ण युगल जोडीलाई रथारोहण गराएर नगर परिक्रमा गराइएको छ । हिन्दू धर्मावलम्बीहरुले विशेष रुपमा मनाउने र उल्लास प्रकट गर्ने विराटनगरको रथयात्रामा अन्य धर्मावलम्बीहरुको पनि उत्तिकै सहभागिता छ ।

rathyatra (1)1

रथयात्रालाई लक्षित गरेर विराटनगरका विभिन्न स्थानमा खानेपानीको प्रबन्ध भएको छ भने सुरक्षा व्यवस्था पनि कडा तुल्याइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले रथयात्राका लागि पाँच हजार प्रहरी परिचालित गरेको जनाएको छ । यसैबीच रथयात्रामा शंकास्पद गतिविधि गर्ने ३८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

rathyatra (2)rathyatra (2)1rathyatra (3)rathyatra (3)1rathyatra (4)rathyatra (4)1rathyatra (5)rathyatra (5)1rathyatra (6)rathyatra (6)1rathyatra (7)rathyatra (7)1rathyatra (8)rathyatra (9)rathyatra (10)rathyatra (11)rathyatra (12)rathyatra (13)rathyatra (14)rathyatra (15)rathyatra (16)rathyatra (17)rathyatra (18)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप