विराटनगरमा राधाकृष्ण रथयात्रा, तस्बिरमा हेर्नुहोस्
विराटनगर । विराटनगरमा आज आयोजित राधाकृष्ण रथयात्रामा हजारौं सहभागी भएका छन् । ५५ वर्षयता विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकालिने गरिएको छ । विराटनगरको राधाकृष्ण मन्दिर तिनपैनीबाट दिउँसो साढे ३ बजेदेखि सुरु भएको रथयात्रा ट्राफिक चोक–रोडशेष चोक–बसपार्क–महेन्द्र चोक–भृकुटी चोक– बरगाछी चोक, दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिरमै आएर समापन हुनेछ ।
_qobjuDP46L.jpg)
वि.स.१९८८ मा खटयात्राबाट सुरु भएर २०२४ सालदेखि रथयात्रामा परिणत भएको यो धार्मिक उत्सवमा यसपटक नेपाल र भारतबाट श्रद्धालुहरुसहित विभिन्न नगरका मेयरहरु पनि सहभागी छन् । आकर्षक रुपमा सजिएको रथमा राधाकृष्ण युगल जोडीलाई रथारोहण गराएर नगर परिक्रमा गराइएको छ । हिन्दू धर्मावलम्बीहरुले विशेष रुपमा मनाउने र उल्लास प्रकट गर्ने विराटनगरको रथयात्रामा अन्य धर्मावलम्बीहरुको पनि उत्तिकै सहभागिता छ ।
1_e9iGwa2oIs.jpg)
रथयात्रालाई लक्षित गरेर विराटनगरका विभिन्न स्थानमा खानेपानीको प्रबन्ध भएको छ भने सुरक्षा व्यवस्था पनि कडा तुल्याइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले रथयात्राका लागि पाँच हजार प्रहरी परिचालित गरेको जनाएको छ । यसैबीच रथयात्रामा शंकास्पद गतिविधि गर्ने ३८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
_0BSNY31oCD.jpg)
1_rMjFh4WU8N.jpg)
_biAczpaLjy.jpg)
1_pV3Z1XFpyz.jpg)
_XZFXC35EHd.jpg)
1_LzX8ts1jx7.jpg)
_js8zpDIBZX.jpg)
1_u5LemmHy2G.jpg)
_1rCqmEq5cT.jpg)
1_H4DegE5dwe.jpg)
_iSRZSyFqP5.jpg)
1_aEQGjv2Zxu.jpg)
_9PBnu5IiGh.jpg)
_cgSY3bnKqb.jpg)
_IylES5TWzx.jpg)
_AoTyI3FnVM.jpg)
_rugp24BWHi.jpg)
_2mJgL90un9.jpg)
_PTB5oMpDNM.jpg)
_TosKUcugLk.jpg)
_5vHcmBOaZo.jpg)
_Nns4q6vKF3.jpg)
_vrbE24oLM1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण