कैदीबन्दीले बुनेका मुढा चीन निर्यात

तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली कारागारमा रहेका कैदीबन्दीले बुनेका मुढा चीन निर्यात हुन थालेको छ । गत साउनको अन्तिम साता पहिलो पटक मुढा चीन निर्यात भएको सो कारागार प्रशासनले जनाएको छ । यहाँका कैदीबन्दीले बुनेका मुढा आर्कषक र बलियो हुने भएपछि माग बढ्ने गरेको कारागारका चौकीदार रामकुमार बस्यालले जानकारी दिए ।
बाह्य देशमा मुढा निर्यात हुन थालेपछि कैदीबन्दी उत्साहित भएर मुढा बनाउने कार्यमा खट्दै आएका छन् । कारागारमा अहिले २० महिलासहित कूल दुई सय ८७ कैदीबन्दी छन् । जसमा तीन बालिका कैदीबन्दी महिलासँग नै आश्रित रहेको सो कारागारले जनाएको छ ।
“एक हजार तयारी मुढा चीन पठाइएको छ”, उनले भने, “प्रति मुढा रु पाँच सयका दरले बिक्रीका लागि पठाइएको हो ।” कारागारको ‘ए’ ब्लकमा रहेकामध्ये करिब ४५ जनाले बुनेका मुढा स्थानीय बजारमा खपत हुने गरेको सो कारागारले जनाएको छ ।
त्यसैगरी ‘बी’ ब्लकमा रहेकामध्ये ७० कैदीबन्दीले निर्माण गरेको मुढा बाह्य देशमा निर्यात हुने गरेको निमित्त कारागार प्रशासक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार महिला कैदीबन्दी भवनमा रहेका २० महिला कैदीबन्दीमध्ये अधिकांश तानबाट कपडा बुन्ने कार्यमा व्यस्त छन् ।
कारागारमा रहेका अधिकांश कैदीबन्दीले सीप सिकेर आयआर्जन गरी समय समयमा घर खर्च पठाउने कार्य पनि गरेको उनले बताए । व्यापारीले पेश्की स्वरुप दिएको रकमले मुढा बनाउन आवश्यक कच्चा पदार्थ खरिद गरी मुढा बनाउने गरेका छन् । उनले भने, “कारागार प्रशासनले उक्त सामग्री खरिदका लागि सहजीकरण गर्दै आएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको बर्खे अधिवेशन जेठ ११ देखि
-
वित्तीय जोखिम मूल्याङ्कनको रेड जोन माछापुच्छ्रेमा सबैभन्दा कम बेरुजु
-
चार वायुको प्रभाव नेपालमा, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
एसी मिलानलाई हराउँदै बोलाग्नाले उचाल्यो कोपा इटालियाको उपाधि
-
ला लिगा : रियाल मड्रिडले बार्सिलोनासँग घटायो अंक दुरी
-
आज कुन देशको मुद्राको मूल्य कति ?