डडेलधुरामा एक वडा सचिव मृत फेला
मङ्गलबार, २६ भदौ २०८०, ०८ : ३२

धनगढी । डडेलधुराको अमरगढी नगरपालिका वडा नम्बर १ का सचिव खगेन्द्रप्रसाद पन्त मृत अवस्थामा फेला परेका छन् ।
अमरगढी नगरपालिकाकै स्याउले नजिक उनी आज खाल्डोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक कुसुम नायकले बताए ।
पन्तको से ५ प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले दुर्घटनामा मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ ।
पन्तको शव अहिले डडेलधुरा अस्पतालमा लगिएको छ । भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ५८ वर्षीय पन्तको घर बैतडीको पाटन नगरपालिका १ हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
-
अरु प्रदेशको तुलनामा लुम्बिनीमा बजेट कार्यान्वयनको अवस्था सन्तोषजनक : अर्थमन्त्री कार्की
-
अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री
-
भारतबाट फर्कँदै गरेका नेपालीहरूसँग भारतीय सुरक्षाकर्मीद्वारा पैसा असुली
-
फिलिपिन्समा आज मध्यावधि चुनावको मतदान, हिरासतबाट चुनाव लड्दैछन् पूर्वराष्ट्रपति
-
‘एल क्लासिको’ भिडन्त गुमाए पनि एमबाप्पेले ३२ वर्ष पुरानो कीर्तिमान तोडे