‘एल क्लासिको’ भिडन्त गुमाए पनि एमबाप्पेले ३२ वर्ष पुरानो कीर्तिमान तोडे
काठमाडौँ । स्पेनिस ला लिगाको आइतबार राति सम्पन्न ‘एल क्लासिको’ भिडन्तमा रियल मड्रिड आफ्नो चिरप्रतिद्वन्द्वी बार्सिलोनासँग ४–३ गोलले पराजित भयो । उक्त हारसँगै जारी सिजनको ला लिगा उपाधि जित्ने रियलको सपनामा पनि ठुलै धक्का लागेको छ ।
यो सिजन ला लिगाको उपाधि होडमा बार्सिलोना निकै अगाडि देखिएको छ । तर, बार्सिलोनाविरुद्धको खेलमा प्रभावशाली फ्रान्सेलीले फरवार्ड किलियन एमबाप्पेले भने इतिहास रचेका छन् । बार्सिलोनाविरुद्ध एमबाप्पेले ह्याट्रिक गरेका थिए ।
२६ वर्षीय एमबाप्पेले बार्सिलोनाविरुद्ध निर्धारित समयको पाँचौँ, १४औँ र ७०औँ मिनेटमा गोल गरेका थिए । उनी ‘डेब्यू’ सिजनमै रियल मड्रिडका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले यो सिजन रियल मड्रिडका लागि ३९ गोल गरिसकेका छन् ।
यसअघि कुनै पनि खेलाडीले स्पेनिस ‘पावर हाउस’ रियल मड्रिडका लागि ‘डेब्यू’ सिजनमा यति धेरै गोल गर्न सकेको थिएन । एमबाप्पे सन् २०२४ मा फ्रान्सेली क्लब पेरस सेन्ट जर्मन (पीएसजी) बाट रियल मड्रिड पुगेका हुन् ।
यसअघि, रियल मड्रिडका लागि ‘डेब्यू’ सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान ईभान जामोरानोको नाममा थियो । उनले आफ्नो ‘डेब्यू’ सिजनमा रियल मड्रिडका लागि ३७ गोल गरेका थिए । चिलीका खेलाडी ईभान सन् १९९२ मा सेभियाबाट रियल मड्रिडमा आबद्ध भएका थिए ।
त्यसैले फ्रान्सको राष्ट्रिय टोलीको कप्तानसमेत रहेका एमबाप्पेले रियल मड्रिडमा आबद्ध भएकै सिजन ३२ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । उनले ५३ खेलमा ३९ गोल गरेका हुन् । ईभानले ४५ खेलमा ३७ गोल गरेका थिए ।
पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो ‘डेब्यू’ सिजन (सन् २००९–१०) मा रियल मड्रिडका लागि ३५ खेलमा ३३ गोल गरेका थिए । यसका अतिरिक्त रुड भान निस्टेलरोयले आफ्नो ‘डेब्यू’ सिजन (सन् २००६–०७) मा ४७ खेलमा ३३ गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण