बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय

अन्त्येष्टिका दिन बिदा
मङ्गलबार, २६ भदौ २०८०, १० : ५१
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । सरकारले संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने भएको छ । 

मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको पर्यटन मन्त्री सुदन किरातीले जानकारी दिए । 

सरकारले नेम्वाङको निधनमा एक दिन बिदा पनि दिने निर्णय गरेको छ । अन्त्येष्टिका दिन सो बिदा दिइने छ । छोराहरु विदेशबाट आएपछि नेम्वाङको अन्त्येष्टि गरिने छ । त्यसअघि नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलमा राखिने छ । नेम्वाङको गएराति निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप