चिकित्सकमाथि कुटपिट प्रकरण : हेटौँडामा सर्वपक्षीय बैठक जारी
काठमाडौँ । हेटौँडा उपमहानगरपालिका १ स्थित सन्चो अस्पतालमा डयूटीमा खटिएका दुई जना चिकित्सकमाथि कुटपिटको विषयमा बिहीबार जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दलसहितको सर्वपक्षीय बैठक बसिरहेको छ । अस्पतालका चिकित्सक डा। विकास थापा र प्रशान्त बिडारीमाथि बुधबार कुटपिट भएको मकवानपुर जिल्ला प्रशासन कार्यालयका अधिकृत सूचना अधिकारी सरोजप्रसाद पौडेलले जानकारी दिए ।
साउन २२ मा हेटौँडा पदमखोपरीका ४१ वर्षीय राजेश प्रधान सो अस्पतालमा डेंगु परीक्षण गर्दा उनलाई पोजेटिभ देखिएपछि डाक्टरले आराम गर्न घर पठाएका थिए । स्वास्थ्य बिग्रिएपछि प्रधान सोही अस्पतालमा भर्ना भएका थिए । प्रधानलाई थप उपचारका लागि भरतपुर अस्पतालमा लगिएको दुई दिनपछि मृत्यु भएको थियो । प्रधानको मृत्युपछि उपचारमा लापरबाही गरिएको भन्दै एक समूहले डाक्टरहरूमाथि कुटपिट गरेको अस्पतालले जनाएको छ ।
यता नेपाल चिकित्सक संघले डा। थापा र डा। विडारीले बिरामीहरूको उपचार गरिरहेको अवस्थामा साङ्घातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको घटनाप्रति आपत्ति जनाएको छ । बिरामीका आफन्तले असामयिक निधन हुन गएको घटनालाई लिएर पहिला पनि क्षतिपूर्तिका लागि धम्की संघका महासचिव डा. सञ्जीव तिवारीले बताए ।
दुई जनामाथि शारीरिक हमला गरी गम्भीर घाइते बनाई अन्य स्वास्थ्यकर्मीहरूलाई धम्काएको घटनाप्रति उनले आपत्ति जनाए । घटनामा संलग्न दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाही गर्न महासचिव तिवारीको माग छ ।
‘नियमित रूपमा उपचार प्रक्रियालाई इमानदारीपूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएको बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकहरूलाई नै हातपात गर्ने जस्तो अस्वाभाविक र अमानवीय घटनाका दोषीलाई यथाशीघ्र पहिचान गरी कानुनी दायरामा चाँडो ल्याउनु पर्छ,’ उनले भने । यस्तै ७२ घण्टाभित्र उक्त घटनामा संलग्न दोषीलाई कानुनी कारबाही नगरिए संघले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण