७६ जिल्लामा पुग्यो डेंगु, साढे २७ हजार सङ्क्रमित
काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या साढे २७ हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार २७ हजार ९६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
साढे सात महिनाको अवधिमा सङ्क्रमितमध्ये १५ जनाको मृत्यु भएको छ भने डेंगु सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । सङ्क्रमण देखिएका जिल्लाहरूमध्ये सबैभन्दा धेरै सङ्क्रमित सुनसरी जिल्लामा पुष्टि भएको छ ।
सुनसरीमा १५ हजार ८८१ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । दोस्रो धादिङ जिल्लामा २ हजार ९९२ सङ्क्रमित भएका छन् । मोरङमा २ दुई हजार २६१ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, क्रमशः १ हजार ३९४ झापा, ५१७ काठमाडौँ, ४३३ सङ्खुवासभा, ४०३ धनकुटा, ३३१ धनुषा, ३३० र ३०२ तनहुँमा सङ्क्रमित रहेको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।
कुन प्रदेशमा कति सङ्क्रमित ?
सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै २० हजार ९२४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि बाग्मती प्रदेशमा ४ हजार २४६ जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ८७९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा ८१३, मधेस प्रदेशमा ५६४, लुम्बिनी प्रदेशमा ४६८ र कर्णाली प्रदेशमा ७४ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण