नेतृत्व हत्याउने खेलले एनआरएनए अभियान ओझेलमा
अमेरिका। गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष एवं आगामी अधिवेशनमा अध्यक्षका प्रत्याशी राजेन्द्रकुमार (आरके) शर्माले नेतृत्व हत्याउने खेलले गैरआवासीय अभियानको भूमिका ओझेलमा परेको बताएका छन् ।
एनसीसी अमेरिकाको न्यूयोर्क च्याप्टरले गरेको कार्यक्रममा शर्माले चुनावदेखि चुनावसम्ममा अभियान सीमित भएको हुँदा मूल उद्देश्यबाट पछाडि परेको बताए । शर्माले एनआरएनए अभियानले मूल उद्देश्य प्राप्त गर्न नसकेको जिम्मेवारी आफूले समेत लिने स्वीकार गरे ।
“चुनावमा ध्यान दिएको तथा नेतृत्वमा को आउँछ भन्ने विषयले अभियानले उठाउने आर्थिक मुद्दाहरू ओझेलमा परे,”शर्माले न्यूयोर्कमा गैरआवासीय नेपाली अभियन्ताहरूसँगको छलफल कार्यक्रममा बताए । उनले अब गैरआवासीय अभियानले सामाजिक कार्यलाई निरन्तरता दिएर आर्थिक विकासको लागि काम गर्नुपर्ने बताए ।
अध्यक्षको रूपमा शर्माले सामूहिक लगानी, प्राधिकरण मार्फत देश विकासमा रेमिट्यान्सको रकम ल्याउने योजना अगाडि सारेको जानकारी दिए । विदेशमा बस्ने केही हजार नेपाली धनी र व्यवसायी भए पनि लाखौँ नेपालीहरूको अवस्था सुधार नभएको र देशको विकासको लागि अब रेमिटेन्स रकमलाई उत्पादनमा लगाउन ढिला भइसकेको शर्माले बताए ।
“रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिति बढाएको छ,देशको अर्थतन्त्र चलेको पनि छ,”शर्माले थपे,“सहज रूपमा आएको रेमिट्यान्सले हाम्रा खेतबारीहरू बाँझो भएका छन्,चामल र तरकारी आयात गरेर खाने बानीलाई हामीले परिवर्तन गर्न जरुरी छ।”
नेपाल छाडेर विदेश आउनुको पीडा सबै देशमा रहेका नेपालीको एउटै भएको र सबैको चाहना संवृद्ध नेपाल बनाउने नै रहेको हुँदा आफ्नो उम्मेदवारी त्यसैको लागि रहेको जानकारी शर्माले गराए ।
शर्माले गैरआवासीय नेपाली सङ्घको निर्वाचन महँगो भएको र यसको नेतृत्वमा आम श्रमिक तथा विभिन्न पेशा व्यवसायमा संलग्न हुने व्यक्तिहरू आउने गरी काम गर्न लागेको बताए ।
एनआरएन अभियानमा पछिल्लो समय राजनीतिक दलको हस्तक्षेप स्वीकार्य नभएको तर, मुद्दा कार्यान्वयनको लागि नेपालका सबै राजनीतिक दलसँग सहकार्य गरेर अगाडि जानुपर्ने पक्षमा आफू रहेको जनाए ।
मध्यपूर्व बाहेक बाहिर बस्ने नेपालीको नागरिकतादेखि लिएर अरु एजेन्डामा आफू जहिले पनि लागेको शर्माले स्मरण गराए । “हामी वंशजको नागरिकता निरन्तरताको पक्षमा नै हो,यो हासिल नभएपछि निरन्तर लाग्ने नै छौ,”शर्माले थपे,“गैरआवासीय नागरिकता आउनु पनि हाम्रो उपलब्धि नै हो,यसले कम्तीमा नेपालमा हाम्रो सम्पत्ति सुरक्षित भएको छ।”
गैरआवासीय नेपाली अभियान २० वर्ष पूरा भए पनि मध्यपूर्व नेतृत्वको विषयमा भने जहिले अमिलो मन आफूले लिएको अनुभव शर्माले व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण