समाचार
महाराजगन्जको व्यस्त चोकमा शंकास्पद वस्तु फेला
मङ्गलबार, ०२ असोज २०८०, १९ : ३२
काठमाडौँ । राजधानीको महाराजगन्जस्थित व्यस्त सडक चोकमा शंकास्पद वस्तु फेला परेको छ । महाराजगन्ज चोकस्थित बूढानीलकण्ठ जाने बाटोतर्फको सडकपेटीमा झोलामा राखिएको शंकास्पद वस्तु फेला परेको हो ।
बेवारिसे अवस्थामा झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगेको छ । सवारीको चापका बीच शंकास्पद वस्तु भएतर्फको साइडको सडक खाली अहिले गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा अहिले सवारीको चाम चर्को रहेको छ ।
शंकास्पद वस्तु बम हो वा होइन भन्नेबारे डिस्पोजल टोलीले यकिन गरेपनि थाहा हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण