देउवासामु शेखरको आक्रोश : यस्तै हो भने म आफ्नो ढंगबाट अघि बढ्छु
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टी सञ्चालन कार्यशैलीमाथि असन्तुष्टि राखेका छन्। बुधबार बिहान देउवा निवास धुम्बाराही पुगेर नेता कोइरालाले पार्टीलाई एकलौटी ढंगले सञ्चालन नगर्न सभापति देउवालाई चेतावी दिएका हुन् ।
मंगलबार आफू पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग छलफलको म्यान्डेट अनुसार कोइरालाले बुधबार विहान देउवासँग कुरा गर्न उपसभापति धनराज गुरूङ र सह–महामन्त्री जीवन परियारलाई लिएर धुम्बाराही पुगेका थिए ।
महामन्त्री गगन थापा र सह–महामन्त्री बद्री पाण्डे बिपी साहित्य महोत्सवमा व्यस्त हुँदा धुम्बाराह जना नपाएको बुझिएको छ ।
कोइरालाले सभापति देउवासँग पार्टी एकलौटी रूपमा सञ्चालन हुने गरेको र विधि विधान तथा सिद्धान्तविपरीत कामकारबाही भइरहेकोमा ध्यानाकर्षण गराएका हुन्।
प्रदेशमा सरकार निर्माण र मन्त्री पठाउँदा एकलौटी गरिएको कोइरालाको भनाइ थियो । कोइरालाले नेतृत्वको गलत निर्णयले कोशी प्रदेशमामा कांग्रेसको शीर निहुरीको बताएका थिए । कोइरालाले आफ्ना कुराहरुको सुनुवाइ नभएकामा आक्रोश पोखेका थिए ।
‘ तपाई यसरी नै चल्ने हो भने आजबाट म तपाईंसँग कुरा गर्दिनँ । जे गर्नुहुन्छ, गर्नुहोस्। म आफ्नो ढंगबाट अघि बढ्छु,’ कोइरालाले भने । जवाफमा सभापति देउवाले सबैलाई समेटेर अघि बढ्न तयार रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण