सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षा विधेयकको विरोधमा सडक संघर्षमा शिक्षक : विद्यार्थीको पढाइप्रति को जिम्मेवार ? (भिडियो)

बुधबार, ०३ असोज २०८०

काठमाडौँ । विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका शिक्षकहरू आन्दोलित भएका छन् । आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएर आन्दोलनमा उत्रिएका हुन् । 

महासङ्घले विधेयकको विरोधमा विभिन्न १८ बुँदे असहमति राख्दै घोषणा गरेको आन्दोलनमा बुधबार माइतीघरमा भेला भएका शिक्षकहरू जुलुससहित नयाँ बानेश्वर पुगे । उनीहरूले नेपालको शिक्षा प्रणाली आफैमा विकृत रहेको र नयाँ विधेयकले झनै विकृत बनाउने भन्दै विधेय संशोधनका माग अघि सारे ।

विद्यालय ठप्प बनाएर विद्यार्थीको भविष्यलाई दाउमा राखेर आन्दोलनमा उत्रिएका शिक्षकहरूले विधेयक खोरेजीसँगै शिक्षामन्त्रीको राजीनामासम्म माग गरेका छन् । आज हामीले यसै आन्दोलनमा उत्रिएका केही आन्दोलनरत शिक्षकहरूसँग कुराकानी गरेका छौं । हेरौँ के भन्छन् त आन्दोलनरत शिक्षकहरू भिडियोमा-

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया