सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

म्यानमार अनलाइन जुवासँग सम्बन्धित १ लाख ४३ हजारभन्दा बढी सिमकार्ड निष्क्रिय

सोमबार, ०८ असार २०८३, १६ : ५७
सोमबार, ०८ असार २०८३

म्यानमार । म्यानमारका अधिकारीहरूले अनलाइन जुवासँग सम्बन्धित रहेको आशङ्कामा एक लाख ४३ हजार ४०९ सिमकार्ड स्थायी रूपमा निष्क्रिय पारेका छन् ।

सरकारी स्वामित्वको दैनिक ‘द ग्लोबल न्यू लाइट अफ म्यान्मा’ ले सोमबार प्रकाशित गरेको समाचारअनुसार मार्च २०२५ देखि मे २०२६ सम्मको अवधिमा अनलाइन जुवासँग सम्बन्धित एउटै प्रकृतिका सन्देश ठूलो परिमाणमा पठाएको पाइएपछि ती सिमकार्डहरू स्थायी रूपमा रद्द गरिएको हो ।

समाचारमा जनाइएअनुसार जुवा गतिविधिसँग सम्बन्धित अवैध वित्तीय खाता सञ्चालनमा प्रयोग भएका एक हजार १२० सिमकार्ड पनि बन्द गरिएको छ । साथै, अनलाइन जुवा सञ्चालनसँग जोडिएका एक हजारभन्दा बढी मोबाइल वालेट खाता स्थायी रूपमा बन्द गरिएका छन् ।

त्यसैगरी, जनवरी २०२५ देखि अप्रिल २०२६ सम्म म्यान्मामा १०२ वटा जुवासम्बन्धी वेबसाइट र ‘एप’ मा आईपी प्रतिबन्धमार्फत पहुँचमा रोक लगाइएको छ ।

अधिकारीहरूले अनलाइन स्लट खेलका विज्ञापन प्रवर्द्धन गर्ने कलाकार, सामाजिक सञ्जाल प्रभावकर्ता तथा अन्य व्यक्तिविरुद्ध कानुनी कारबाही प्रक्रिया समेत अघि बढाएको समाचारमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप