दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
सारांश
- दैलेखको दुल्लू नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ५ करोड ७० लाख ४९ हजार ८९५ रुपैयाँको बजेट ल्याएको छ ।
- कुल बजेटको ७४.६२ प्रतिशत चालुतर्फ ७८ करोड ८८ लाख ५ हजार र २५.३८ प्रतिशत विकासतर्फ २६ करोड ६२ लाख ४४ हजार विनियोजन गरिएको छ ।
- नगरपालिकाले आन्तरिक स्रोततर्फ जम्मा १ करोड २० लाख मात्रै राखेको छ, जसको मुख्य स्रोत घरजग्गा रजिष्ट्रेशन एवं दहत्तर बहत्तर शुल्क हो ।
सुर्खेत । दैलेखको दुल्लू नगरपालिकाले १ अर्ब ५ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नगरपालिकाले १ अर्ब ५ करोड ७० लाख ४९ हजार ८९५ रुपैयाँको बजेट ल्याएको हो ।
जसमध्ये चालुतर्फ ७८ करोड ८८ लाख ५ हजार अर्थात् कुल बजेटको ७४.६२ प्रतिशत विनियोजन गरिएको छ भने विकासतर्फ २६ करोड ६२ लाख ४४ हजार अर्थात् २५.३८ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
खर्च बेहोर्ने स्रोतमा भने यो नगरपालिका पूर्ण रुपमा सङ्घीय र प्रदेश सरकारमा निर्भर रहेको छ । १ अर्ब बढी बजेट ल्याएको यो नगरपालिकाको आफ्नो आन्तरिक स्रोतको हिस्सा जम्मा १ करोड २० लाख मात्रै राखिएको छ । नगरपालिकाका वरिष्ठ लेखा अधिकृत खगेन्द्र आचार्यका अनुसार, आन्तरिक आयको प्रमुख स्रोत घरजग्गा रजिष्ट्रेशन एवं दहत्तर बहत्तर शुल्क मात्रै हो ।
सङ्घीय राजस्व बाँडफाँटबाट १२ करोड १६ लाख ७९ हजार, कर्णाली प्रदेश सरकार राजस्व बाँडफाँटबाट ३३ लाख ६५ हजार, दुई तहकै सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरण मार्फत ६२ करोड खर्च बेहोर्ने स्रोतमा राखिएको छ ।
यस्तै सडक बोर्ड नेपालबाट ५० लाख र बाँकी चालु आर्थिक वर्षको खर्च नभएर बचत५ करोड ४० लाख ५ हजार र अन्तरसरकारी अख्तियारीबाट २४ करोड १० लाख रुपैयाँ खर्च बेहोर्ने स्रोतमा राखिएको छ ।
नगपालिकाले विनियोजित बजेटमध्ये ३ करोड ३७ लाख ५० हजार आर्थिक विकास क्षेत्र, सामाजिक विकास क्षेत्रमा ७० करोड ८ लाख ५५ हजार, पूर्वाधार विकास क्षेत्रमा १८ करोड ७० लाख ४४ हजार, सुशासन तथा संस्थागत विकासमा १ करोड १५ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापन २८ लाख, कार्यालय संचालन तथा प्रशासनिक खर्च. १२ करोड ११ लाख रकम विनियोजन गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको बन्दसत्र ढिलाइ भएपछि हलभित्र एसीमा आराम गर्दै प्रतिनिधि, तस्बिरहरू
-
बलिउड अभिनेता पंकज त्रिपाठीका दाइमाथि घातक हमला
-
४८ करोडको नाङ्गेडाडा बृहत पम्पिङ खानेपानी आयोजना उद्घाटनमै सीमित
-
आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
-
एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न नेताहरु सुर्खेतमा
-
नर्वेको आशा हालान्डकै काँधमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण