१२ जिल्लाको प्रतिनिधि छनोट सकियो, उदयपुर र सुनसरीको बाँकी
विराटनगर । नेकपा (एमाले)को कोशी प्रदेश अधिवेशनको प्रतिनिधि छनोट १२ जिल्लामा सम्पन्न भएको छ । एमालेले कोशी प्रदेशका १४ जिल्ला, जनसंगठन र मनोनीत गरेर १ हजार ४७ जना प्रतिनिधिहरू चयन हुनेछन् ।
नेकपा एमाले कोशी प्रदेशका सचिव तिलचन पाठकले उदयपुरका केही पालिका र सुनसरीका अधिकांश पालिकामा आज बेलुकासम्ममा प्रतिनिधि चयनको काम सकिने बताए । ‘आज बेलुकासम्ममा सबै जिल्लाबाट प्रतिनिधि छनोटको काम सकिन्छ,’ उनले भने ।
एमालेले असोज १२ र १३ गते विराटनगरमा प्रदेश अधिवेशनको मिति तय गरेको छ । जसका लागि ताप्लेजुङबाट ४८, पाँचथरबाट ३०, इलामबाट ७७, झापाबाट १८१, सङ्खुवासभाबाट ३९, तेह्रथुमबाट ४३, भोजपुरबाट २७, धनकुटाबाट ७२, सुनसरीबाट ९६, मोरङबाट १७८, सोलुखुम्बुबाट १६, ओखलढुङ्गाबाट ४२, खोटाङबाट ५६, उदयपुरबाट ३६ जना र जनसंगठनबाट ५६ र मनोनीत ५० जना प्रतिनिधि छनोट हुने पाठकले बताए । उनले जसमध्ये. भूगोलबाट ९६२ जना रहनेछन् । युवाबाट ५३, मजदुरबाट ३२ जना प्रतिनिधि छनोट हुँदा ३३४ जना भने महिला प्रतिनिधि छनोट हुने बताए ।

प्रदेश अध्यक्षमा चार जना प्रतिस्पर्धी
यसैबीच प्रतिनिधि छनोटको काम सकिन लाग्दा प्रदेश अध्यक्ष बन्ने चार जना आकाङ्क्षी भने पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फकाउन लागेको एमाले स्रोतले जनाएको छ । एमालेले निर्वाचित प्रदेश अध्यक्षलाई एमालेले पोलिटब्युरो सदस्य सरहको हैसियत दिने व्यवस्था छ । यसकारण पनि प्रदेश अध्यक्ष बन्न नेताहरू तीव्र कसरत गरिरहेका छन् ।
प्रदेश अध्यक्षका लागि एमालेका केन्द्रीय सदस्य समेत रहेका विनोद ढकाल, घनश्याम खतिवडा, कोशी प्रदेशका हालका अध्यक्ष तुलसीप्रसाद न्यौपाने र उपाध्यक्ष टिका चेम्जोङले दौडधूप गरिरहेका छन् ।
‘कोशी प्रदेशमा सर्वसम्मतिको प्रयास हुन्छ । मलाई लाग्छ सहमतिबाटै नेतृत्व चयन हुन्छ । अन्तिममा सहमति हुन सकेन भने उच्च लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चयन गर्ने विषय हाम्रो पार्टीमा अभ्यासकै रूपमा आएको छ । त्यही हुन्छ,’ एमाले नेता शेरधन राईले भने ।
अर्का एमाले नेता जीवन घिमिरेले प्रतिनिधि छनोटको अवस्था सकिएपछि अध्यक्षका आकाङ्क्षीहरू थपघट हुनसक्ने बताए । ‘आज बेलुकासम्ममा प्रतिनिधि छनोटको प्रक्रिया सम्पन्न हुन्छ । त्यसपछि आकाङ्क्षीहरू को को हुन् भन्ने विषय क्लियर होला,’ उनले भने ।
पार्टी अध्यक्षको चर्चामा रहेका विनोद ढकाल मोरङमा दुईपटक अध्यक्ष चलाएका व्यक्ति हुन् । उनी बलिया प्रतिस्पर्धी मानिन्छन् । हक्की र सहयोगी स्वभावका उनी एमालेभित्रका परिचित व्यक्ति पनि हुन् । विराटनगर स्थायी घर भएका ढकाल पार्टीभित्रका मात्रै नभई पार्टी बाहिरकालाई पनि सहयोग गर्ने स्वभावका छन् । प्रदेशको राजधानी विराटनगरमा रहेर एमालेलाई जोगाउन ढकालले खेलेको भूमिका प्रशंसनीय रहेको कतिपय बताउँछन् ।
यस्तै उत्तरी मोरङ लेटाङ निवासी घनश्याम खतिवडा पनि पाका र पुराना एमाले नेता हुन् । ढकालको तुलनामा उनी कमजोर छन् । एमालेमा लामो समय माधवकुमार नेपाल पक्षमा लागेका उनी पछिल्लो समय भने ओली क्याम्पमै थिए । उता, हाल अध्यक्ष रहेका तुलसी प्रसाद न्यौपाने सङ्खुवासभा निवासी हुन् । पहिलो प्रदेशसभाको कार्यकालमा सङ्खुवासभाबाट निर्वाचित उनी पनि सुरुमा माधव नेपाल निकट थिए । तर, पार्टी विभाजनको समयमा माधव कुमार नेपालको साथ छोड्दै न्यौपाने पनि एमालेमै रहेका छन् । उनी केही समय प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री समेत बनेका थिए । यस्तै एमालेको कोशी प्रदेश उपाध्यक्ष रहेका टिकाराम चेम्जोङ पूर्व सांसद पनि हुन् । उनी लामो समयदेखि ओली समूहमै रहँदै आएका नेता हुन् । आकाङ्क्षी सबै प्रतिनिधि छनोट भने भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण