आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

निर्देशकसँग सुटुक्क विवाह गरेको भन्दै भाइरल भएको फोटो देखेर भड्किइन् सई पल्लवी

शनिबार, ०६ असोज २०८०, १३ : ११
शनिबार, ०६ असोज २०८०

सई पल्लवी दक्षिण भारतीय फिल्मी उद्योगकी चर्चित तथा सबैभन्दा सफल अभिनेत्रीमध्ये एक हुन् । उनले सर्वाधिक प्रतिभाशाली अभिनेत्रीको रूपमा आफूलाई चिनाउन सफल भएकी छिन् । हालै सोसल मिडियामा सईले गोप्य रूपमा विवाह गरेको भन्ने खबर सार्वजनिक भएको थियो । तमिल फिल्म निर्माता राजकुमार पेरियासामीसँग भाइरल भएको सई पल्लवीको तस्बिरमा दुवैले माला र टिका लगाएको देख्न सकिन्छ । 

तर यो खबरमा कुनै सत्यता छैन भन्ने कुरा स्पष्ट भएको छ । अर्थात्, सई र राजकुमार पेरियासामीले विवाह गरेका होइनन् । यो तस्बिर सईको नयाँ फिल्मको मुहूर्त समारोहको थियो । अहिलेसम्म निर्माताले यो फिल्मको नाम भने जुराएका छैनन् । तथापि, यो फिल्मलाई एसके २१ नाम दिइएको छ । 

sai pallaviराजकुमारले यो फोटो ९ मे २०२३ मा सई पल्लवीको जन्मदिनमा ट्विट गरेका थिए । 

sai pallavi1यही फोटोलाई केही प्रयोगकर्ताले क्रप गरेर यी दुईले विवाह गरे जसरी सेयर गर्न सुरु गरे । भाइरल भइरहेको तस्बिरमा हालसम्म चुप लागेर बसेकी सई पल्लवीले पनि प्रतिक्रिया दिएकी छिन् । नायिकाले यी अफवाह खारेज गरिदिएकी छिन् ।

sai pallavi3सईले आफ्नो एक्स (ट्विटर) ह्यान्डलमा यसबारे लेखेकी छिन्, ‘इमानदारीपूर्वक भन्ने हो भने मलाई अफवाहको कुनै वास्ता लाग्दैन तर जब यसमा परिवारका सदस्य, साथीको कुरा आउँछ तब मैले बोल्नै पर्छ । मेरो फिल्मको पूजा समारोहको एउटा फोटोलाई जानीजानी काँटछाँट गरियो र गलत उद्देश्यसहित भाइरल गरियो । म आफ्नो कामसँग सम्बन्धित सबै जानकारी आफैँ साझा गर्छु त्यसैले यी सबै बेकारका कामका लागि स्पष्टीकरण दिनु निराशाजनक हुन्छ । यसरी कसैलाई समस्यामा पार्नु पूर्ण रूपमा घृणित कार्य हो ।’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप