एनएसएलमा मार्की खेलाडीको रूपमा विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध
मङ्गलबार, ०९ असोज २०८०, १७ : ५०
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि नेपालको राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की प्लेयरको रूपमा एफसी चितवन क्लबमा आबद्ध भएका छन् । गेम वान प्रा.लि. अन्तर्गतको एफसी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठबिच सहमति भएको हो ।
नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगको रूपमा रहेको नेपाल सुपर लिग (एनएसएल) मङ्सिर ८ देखि पुस १४ गते सम्म दशरथ रङ्गशाला काठमाडौँमा आयोजना हुँदैछ । एनएसएलमा नेपालका ९ वटा फ्रेन्चाइज टिमहरू एफसी चितवन, काठमाडौँ रेन्जर्स, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, वीरगन्ज युनाइटेड, झापा एफसी र स्पोर्टिङ इलाम टिमले प्रतिस्पर्धा गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेडिकल व्यवसायीबाटै लागुऔषध बिक्री भइरहेको सूचना छ : सांसद निश्कल राई
-
विश्वकपअघि इंग्ल्याण्डको उत्कृष्ट लय, मैत्रीपूर्ण खेलमा कोस्टारिकामाथि सानदार जित
-
पीपीपी मोडलमा ५० वटा नयाँ सिनेमा हल बनाउने बोर्डको योजना
-
इरानलाई अमेरिका र बेलायतसहित २२ देशको चेतावनी
-
प्रधानमन्त्री र अर्थमन्त्रीप्रति झाँक्रीको कटाक्ष–मूर्ख देखि दैव डराउँछ भन्थे, हो रहेछ
-
जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण