एमाले कर्णाली अधिवेशन नेतृत्व चयनका लागि आज मतदान हुँदै
शनिबार, १३ असोज २०८०, ०९ : २८
सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । अधिवेशन प्रयोजनका लागि गठित निर्वाचन आयोगले निकालेको कार्यतालिका अनुसार शनिबार दिउँसो १२ बजेदेखि मतदान हुँदै छ। मतदान साँझ ६ बजेसम्म चल्नेछ । यद्यपि मतदान कार्य भने केही ढिलाइ हुने देखिएको छ ।
अधिवेशनमा विभिन्न मोर्चा सङ्गठन र जिल्लाबाट छानिएका ६०४ जना प्रतिनिधिहरू सहभागी छन्। उनीहरुले नेतृत्व चयनका लागि मतदान गर्नेछन्। कमिटीको उम्मेदवार हुनका लागि शुक्रबार बेलुका मनोनयन तोकिएको थियो।
आज बिहान साढे ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका भए पनि सार्वजनिक भने भइसकेको छैन ।मत परिणाम आइतबार सार्वजनिक गरिने निर्वाचन कार्यतालिका छ। आइतबार नै विजेताहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण