पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता र आयोग गठनबारे प्रधानमन्त्री प्रचण्डले संसद्लाई जानकारी गराए
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता र सुन तस्करीबारे छानबिन आयोग गठनबारे संसद्लाई जानकारी गराएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रचण्डले सुनको अवैध पैठारी तस्करी नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ उपदफा २ बमोजिम उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी रहेको जाँचबुझ आयोग गर्ने निर्णय भएको जानकारी गराए ।
यस्तै वर्तमान चाडपर्वको अवस्थालाई मध्यनजर गर्दै तत्कालका लागि मूल्य वृद्धि फिर्ता गर्न आफूले नेपाल आयल निगमलाई निर्देशन दिएको बताए ।
प्रधानमन्त्री प्रचण्डले आयल निगमले मूल्यवृद्धि गर्दै गरेको कुरा आफ्नो जानकारीमा नभएको र प्रधानमन्त्री या सम्बन्धित मन्त्रालयको निर्णयभन्दा पनि केही महिना पहिला आयल निगमले ऋण तिर्दै बिस्तारै नाफातिर गइरहेको अवस्थामा अटोमेसनमा मूल्य बढाएको तर जनताको भावना विपरीत रहेको बताए । अहिलेको परिस्थितिमा मूल्यवृद्धि फिर्ता लिनुपर्छ भनेर निर्णय लिएको र त्यही अनुसार निगमले मूल्यवृद्धि फिर्ता लिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण