प्रदेश
एमाले कोशी अधिवेशन : ५ बजेदेखि मतदान हुने
आइतबार, १४ असोज २०८०, १६ : ०९
विराटनगर । नेकपा एमालेको कोशी प्रदेश प्रथम अधिवेशनमा सहमति जुट्न नसकेपछि साँझ ५ बजेदेखि मतदान हुने भएको छ ।
यसअघि बिहान ११ बजेदेखि मतदानको समय तोकिएको थियो । त्यसपछि मतदानको समय १ बजेलाई सारियो । सहमतिको प्रयास गर्ने भन्दै पुनः ५ बजेका लागि मतदानको समय सारिएको हो ।
यसअघि तयारी नपुगेकाले समय सारिएको प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले जानकारी दिए । निर्वाचन कार्यालयले उम्मेदवारको अन्तिम नामावली भने अझै प्रकाशन गरेको छैन ।
एमालेको कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल उम्मेदवार छन् । उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् । सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण