प्रधानमन्त्रीको चीन भ्रमण औसत भन्दा सफल : सांसद झा
आइतबार, १४ असोज २०८०, २० : २४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्रीको चिन भ्रमण औसतभन्दा सफल रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद झाले प्रधानमन्त्रीको चीन भ्रमण औसतभन्दा सफल रहेको बताएका हुन् । उनले भ्रमणलाई असफल भन्नु नहुने बताए । उनले प्रधानमन्त्रीले अमेरिका, चीन र भारतको भ्रमणमा आर्थिक, वातावरण, भाइचारा र संस्कृतिका मुद्दाहरु बढी उठाएको बताए । राजनीतिक मुद्दा उठाउन प्रधानमन्त्री सजग भएको भन्दै उनले प्रधानमन्त्रीले भ्रमणका क्रममा कुनै राजनीतिक जोखिम लिन नचाहेको बताए ।
उनले चीन भ्रमणको क्रममा नेपालको चुच्चे नक्साको सन्दर्भमा कुरा नउठाएकोप्रति रास्वपाको प्रश्न रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण