सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए उपाध्यक्षमा जापानबाट श्रेष्ठको उम्मेदवारी घोषणा

आइतबार, १४ असोज २०८०, २१ : १८
आइतबार, १४ असोज २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालका लागि जापानबाट रोबिन्द्रप्रसाद श्रेष्ठ ‘गोविन्द’ ले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । 

प्रवासमा सिकेको ज्ञान, सिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा नेपालको आर्थिक सम्बृद्धिका लागि प्रयोग गर्ने योजना र कार्यक्रमका साथ आफूले उपाध्यक्षमा उम्मेदवारी दिन लागेको उनले बताए ।  'एनआरएनए अभियानमा क्रियाशील रहिरहनका लागि र एकता सहकार्य र सहमतिको पाटोलाई आत्मसात् गर्दै अग्रजहरूको सम्मानका लागि अहिले उपाध्यक्ष पदलाई निरन्तरता दिने भएको छु’, श्रेष्ठले भने । 

नेपालको संवृद्धि र बिकासको लागि मुलुक बाहिर रहेका  नेपालीको भूमिका महत्वपूर्ण हुने भएकोले उनीहरूले विदेशमा सिकेको ज्ञान सिप प्रविधि र पूँजीलाई नेपालको विकासमा लगाउने वातावरण सृजना गर्दै एनआरएनएलाई सबैको आशा र बिश्वासको  केन्द्र बनाउनका लागि आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रेष्ठको प्रतिबद्दता छ । 

श्रेष्ठ लामो समयदेखि  सामाजिक क्रियाकलाप र एनआरएनएको अभियानमा क्रियाशील हुँदै आएका छन् ।  एनआरएनए जापानको सदस्य, उपाध्यक्ष, दुई कार्यकाल आइसीसी सदस्य, दुई कार्यकाल एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक भएका उनले एसिया प्यासिफिक क्षेत्रीय संयोजक र आइसीसी उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।  

श्रेष्ठले आर्थिक पारदर्शिता एनआरएनएको पहिलो प्राथमिकतामा हुनुपर्ने ध्येय राखेर आफूले कार्य गर्ने बताउँछन् । नेपालीहरुको अभिभावकीय संस्थाको रूपमा रहेको एनआरएनएलाई समाज सेवाको उपयुक्त माध्यमका रूपमा लिइ उच्च नैतिकता प्रस्तुत गर्दै इमान्दारितापूर्वक काम गर्ने श्रेष्ठको भनाइ छ । 

एनआरएनएलाई नेपाल र नेपालीको हितमा अधिकतम परिचालन गर्न र श्रमिकहरूका पक्षमा क्रियाकलाप संचालन गर्दै विश्वमा रहेका नेपालीले एनआरएनए मेरो भन्ने भावनाको विकास गराउन लागिपर्ने उनको भनाइ छ । उनले आफ्नो उम्मेदवारीलाई साथ दिन सम्पूर्ण गैरआवासीय नेपालीसँग आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप