भिजन लुम्बिनी ऊर्जा कम्पनी सेयरको बाँडफाँट
काठमाडौँ । भिजन लुम्बिनी ऊर्जा कम्पनी सेयरको बाँडफाँट गरिएको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि रु.१०० अंकित दरको १ लाख ९१ हजार २५० कित्ता शेयर विक्री आह्वान गरेको थियो । आश्वानअनुसार जम्मा २९ हजार ८३० जना आवेदकहरुबाट ७ लाख ५२ हजार ४८० (जारी गरेको भन्दा ३.९३ गुणा बढी) कात्तिका लागि आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ ।
त्यसमा रितपूर्वक आवेदन दिने २९ हजार ८२२ जना आवेदकहरुबाट प्राप्त भएको ७ लाख ५२ हजार ३८० कित्ता बाँडफाँटको लागि योग्य रहेको देखिएकोले उक्त आवेदनहरु मध्ये १९ हजार १२५ जना आवेदकहरुलाई गोला प्रथाबाट छनौट गरी प्रत्येकलाई १० कित्ताका दरले १ लाख ९१ हजार २५० कित्ता शेयर बाँडफाँट कार्य सोमबार सम्पन्न गरिएको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ।
भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको जारी पूँजीको १० प्रतिशत अर्थात रु.१९,१२,५०,००० रकम बराबरको १९,१२,५०० कित्ता शेयर असोज १७ गते सम्म आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि निष्काशन भइरहेको समेत जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण