बिहान ४० रुपैयाँ सापटी लिएका एक मजदुर दिउँसो बने करोडपति
काठमाडौँ । भारतको पश्चिम बंगालमा दैनिक ज्यालादारीमा काम गर्ने एक मजदुरको किस्मत केही घण्टामै चम्किएपछि करोडपति बनेका छन् ।
पश्चिम बंगालको पूर्व बर्दवानस्थित खुरतुबापुर गाउँ निवासी भास्कर माजी दैनिक ज्यालादारीमा काम गर्दथे । यस अतिरिक्त उनले घरमा केही बाख्रा पालेका थिए, जसबाट उनको अतिरिक्त आम्दानी हुन्थ्यो ।
आइतबार बिहान स्थानीय बसपार्क नजिकै बाख्रालाई घाँस काट्न गएका उनी उतैबाट एक जना परिचित मान्छेसँग ४० रुपैयाँ सापटी लिएर चिट्ठा किन्नका लागि नजिकैको काउन्टरमा पुगे ।
त्यसपछि घर फर्किएर उनी आफ्नो काममा व्यस्त भए । तर केही बेरमै उनले आफूले बिहान खरिद गरेको त्यही चिट्ठाले एक करोड रुपैयाँ जितेको खबर सुन्न पाए ।
एक करोड रुपैयाँको चिट्ठा जितेका भास्करले उक्त रकम कहाँ खर्चिने भन्ने योजना पनि बनाइसकेका छन् । उनी भन्छन्, ‘कच्ची घर छ, वर्षामा पानी चुहिन्छ, एउटा घर बनाउँछु अनि छोरीहरुको बिहेका लागि लिएको ऋण तिर्छु ।’
भास्करले एक करोड रुपैयाँको चिट्ठा जितेकोमा गाउँलेहरु पनि खुसी भएर बधाई दिन आउन थालेका छन् ।
चिट्ठाको काउन्टर सञ्चालन गर्दै आएका मौलिक सेख मामेजुलले एउटा गरिब मजदुरले आफ्नो काउन्टरबाट खरिद गरेको चिट्ठाबाट एक करोड रुपैयाँ जितेकोमा आफूलाई निकै खुसी लागेका बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
-
समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनका वैज्ञानिकहरूले सार्वजनिक गरे नयाँ एआई मोडल
-
सुत्नुअघि मोबाइल फोन हेर्ने बानी छ ? यस्ता छन् असर
-
बयलगाडाले किचेर घाइते बालकको मृत्यु
-
रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण