भारतको पूर्वी क्षेत्रमा भारी वर्षाका कारण आठ जनाको मृत्यु
सोमबार, १५ असोज २०८०, २१ : ५४
नयाँदिल्ली । भारतको पूर्वी राज्य झारखण्डमा भारी वर्षा र चट्याङका कारण कम्तीमा आठ जनाको मृत्यु भएको क्षेत्रीय विपद् व्यवस्थापन निकायले सोमबार जानकारी गराएको छ । भारी वर्षाका कारण आएको बाढी र डुबानका कारण अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।
झारखण्डका केही भागमा शनिबारदेखि लगातार वर्षा भइरहेको छ । अविरल वर्षाका कारण घरहरु क्षतिग्रस्त हुनुका साथै सडकहरु डुबानमा परेका छन् र नदीहरूमा पानीको बहाव खतराको तहसम्म पुगेको विपद् व्यवस्थापन अधिकारीले बताए ।
भारतीय मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म भारतका केही स्थानमा भारी वर्षा जारी रहने जनाएको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
-
समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनका वैज्ञानिकहरूले सार्वजनिक गरे नयाँ एआई मोडल
-
सुत्नुअघि मोबाइल फोन हेर्ने बानी छ ? यस्ता छन् असर
-
बयलगाडाले किचेर घाइते बालकको मृत्यु
-
रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण