सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालमा सदभाव बिगार्ने पोस्ट नगरौँ : गगन थापा

बुधबार, १७ असोज २०८०, १७ : ४३
बुधबार, १७ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जालमा सदभाव बिगार्ने पोस्ट नगर्न अपिल गरेका छन् । बुधवार सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले सामाजिक सद्भावमा प्रभाव पर्ने विचार,सामग्री,फोटो, भिडियो पोस्ट नगर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेका हुन् ।

हिंसा भड्काउने तथा सामाजिक विद्वेष फैलाउने अभीष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार कसैले गरेमा सुरक्षा निकायलाई खबर गरी सहयोग गर्न उनको आग्रह छ ।

धार्मिक आस्था फरक फरक भए पनि सबैमा मानवतावाद, शान्ति र धार्मिक तथा सांस्कृतिक सहिष्णुता रहेको थापाले बताए । नेपाल बहुधार्मिक, बहु सांस्कृतिक, बहुजातीय तथा बहुभाषिक राष्ट्र भएको थापाको भनाइ छ ।

 ‘आफ्नो धार्मिक तथा सांस्कृतिक आस्था अनुसार धर्म र संस्कृति अनुसरण तथा अभ्यास गर्ने स्वतन्त्रता हरेक नेपाली नागरिकलाई छ । यो मौलिक अधिकारलाई नेपालको संविधानले समेत पूर्ण प्रत्याभूति गरेको छ,’ उनले भने ।

समाजमा सदभाव कायम गर्न नेतृत्वदायी तथा उदाहरणीय भूमिका निर्वाह गर्न उनले कांग्रेसका नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप