आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

वृज सिमेन्टले मिस वर्ल्ड २०२३ ‘ब्युटी विथ ए पर्पोज’ लाई प्रयोजन गर्ने

शनिबार, २० असोज २०८०, १२ : २६
शनिबार, २० असोज २०८०

काठमाडौँ । विगत ७ वर्षदेखि प्रायोजकका रूपमा मिस नेपाल प्रतियोगितासँग साझेदारी गर्दै आइरहेको वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले यो वर्ष पनि त्यसलाई निरन्तरता दिने भएको छ ।

 यही डिसेम्बर २०२३ मा भारतमा हुन गइरहेको मिस वर्ल्ड २०२३ प्रतियोगितामा मिस नेपाल २०२२ प्रियंकारानी जोशीद्वारा प्रस्तुत गरिने ‘ब्युटी विथ ए पर्पोज’ परियोजनामा पुनः सिमेन्टको सहभागिता रहने भएको हो ।

ब्युटी विथ ए पर्पोज’लाई मिस वर्ल्डमा जितिने सबैभन्दा प्रतिष्ठित उपाधि मानिन्छ । यो उपाधि नेपालले सन् २०१३, २०१८ र २०१९ मा जितिसकेको पनि छ । यस वर्ष प्रियंकारानी जोशी आफ्नो ‘ब्युटी विथ ए पर्पोज’ योजनाका लागि चितवन जिल्ला इच्छाकामना गाउँपालिका वडा नं. ७ स्थित उपरदाङगढीका चेपाङ महिलाहरूको आर्थिक उत्थानमा केन्द्रित रहनेछिन् ।

जोशीको यस परियोजनाका लागि आवश्यक पर्ने सिमेन्ट वृज सिमेन्ट र पुष्पतारा केडिया सेवा फाउन्डेसनले संयुक्त रूपमा प्रदान गर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप