क्षेत्री माओवादी केन्द्रीय सदस्यमा मनोनीत
आइतबार, २३ वैशाख २०८१, १९ : २२
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा दवर बहादुर क्षेत्री (डीबी क्षेत्री) मनोनीत भएका छन् । पार्टी केन्द्रीय कार्यालय (पदाधिकारी) को वैशाख २१ गते बसेको बैठकको निर्णयअनुसार उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो ।
प्रवासमा रहेर उनले पार्टीका लागि खेलेको भूमिकालाई उच्च मूल्यांक गर्दै केन्द्रीय सदस्यमा मनोनीत गरिएको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।
ओमानलाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएका क्षेत्री प्रवासमा पार्टीको संगठन विस्तारमा सक्रिय हुँदै आएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेता समेत रहेका उनी मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको हकहितका लागि सक्रिय रहँदै आएका छन् ।
उनले श्रमिकको पक्षमा काम गर्नका लागि विगतमा हजारे अभियान समेत सञ्चालन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीको क्षेत्रकेन्द्रित बजेटमाथि प्रश्न, मुख्यमन्त्रीले भने, ‘नीतिविपरीतका योजना लागू हुँदैनन्’
-
प्रथम महाधिवेशनमै वैधानिकतामाथि उठ्यो प्रश्न
-
मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर
-
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट
-
बागमतीको बजेटमाथि बहस : मन्त्रालय कटौतीको प्रशंसा, कार्यान्वयनमा आशंका
-
युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी हुँदा नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण