माओवादी केन्द्र एसिया समन्वय प्रदेश समितिको सह–इन्चार्जमा शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम शर्माको जिम्मेवारी हेरफेर भएको छ । प्रदेश समन्वय समिति अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका शर्मालाई पार्टीले एसिया समन्वय प्रदेश समितिको सह–इञ्चार्जको नयाँ जिम्मेवारी दिएको हो ।
केहीअघि सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले प्रदेश समन्वय समितिलाई समग्र तीन प्रदेशमा विभाजन गर्ने निर्णयअनुसार पार्टीले शर्मालाई एसिया समन्वय प्रदेश समितिको सह–इञ्चार्जको जिम्मेवारी दिएको हो ।
पार्टीको केन्द्रीय कार्यालय (पदाधिकारी) को वैशाख २१ गते बसेको बैठकको निर्णयअनुसार शर्मालाई नयाँ जिम्मेवारी दिइएको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ । शर्माले प्रवास समन्वय समितिको नेतृत्वमा हुँदा प्रवासमा संगठन विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
एसिया समन्वय प्रदेश समितिको इन्चार्ज भने उपाध्यक्ष पम्फा भुसाल रहेकी छन् । यसैगरी प्रवास प्रदेश समिति भारत प्रदेशको इन्चार्जमा लक्ष्मण पन्त छन् भने प्रवास प्रदेश समिति युरोप र अमेरिका प्रदेशको इन्चार्जमा सुरेन्द्र कुमार कार्की चयन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण